Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो, एक जना नियन्त्रणमा

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो, एक जना नियन्त्रणमा
विज्ञापन
Advertisement

रामेछाप । सिन्धुलीको एसबिआई बैंक लुटपाट भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंगलबार राति साढे ७ बजेतिर घ्याङलेख गाउँपालिका वडा नम्बर ५ मा रहेको एसबिआई शाखा बैंकमा ६ जनाको अज्ञात समूहले लुटपाट गरेको थियो।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार शाखाबाट ३ करोड १० लाख रुपैयाँ लुटपाट भएको थियो। उनले लुटिएको रकममध्ये एक करोड ८० लाख रुपैयाँ नजिकैको जंगलमा फालिएको अवस्थामा बोराभित्र फेला परेको जानकारी दिए।

मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट टाटा सुमोमा आएका पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएको घ्याङलेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन भ्लोनले जानकारी दिए । उक्त सवारी साधन गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने टुनी भञ्ज्याङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

बरामद सवारी साधन र एक करोड ८० लाख रुपैयाँ रकम हाल इलाका प्रहरी कार्यालय बस्तिपुरमा राखिएको छ। हतियारसहित बैंकमा प्रवेश गरेर लुटपाट गरिएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit