Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

जनताको हिनामिना भएको पैसा महान्याधिवक्ताको कार्यालयले तिर्छ ?

जनताको हिनामिना भएको पैसा महान्याधिवक्ताको कार्यालयले तिर्छ ?
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा संघर्ष गरेर ढाल्ने प्रस्ट बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष’ पुस्तकको विमोचन कार्यक्रममा बिहीबार पूर्वप्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरूकै पालामा हुनुपर्छ भन्ने अभियानमा लागिरहेको बताए । ओलीले भने, ‘हामी नेपालमा नेपालको सरकार बनाउन चाहन्छौँ । अरुको सरकार बनाउन दिँदैनौँ । बन्यो भने ढाल्छौँ । यसबारे आजको नयाँ पुस्ता सचेत हुन आवश्यक छ, यो देश पुर्खाले लडेर स्वतन्त्र र सर्वभौम बनाएको देश हो । यसलाई बचाउनु हामी सबैको दायित्व हो ।’

यस्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्धा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति आपत्ती जनाए । उनले महान्यायाधिवक्ता कार्यालयको निणर्यप्रति कटाक्ष गर्दै भने, ‘अहिले महान्याधिवक्ताको कार्यालय इतिहासकै लागि लज्जाको विषय बनेको छ । जनताको हिनामिना भएको पैसा कस्ले तिर्छ? महान्याधिवक्ताको कार्यालयले तिर्छ ?’

महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको थियो । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साका सरकारी वकिलको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन्।

ओलीले महान्यायाधिवक्ता कार्यालयको उक्त निणर्यको कारण रास्वपा सभापति लामिछानेलाई सरकारले निर्वाचनका लागि हिरो बनाएको टिप्पणी गरे । उनले भने, ‘अहिले दुनियाँमा भइरहेको शासनको प्रतिबिम्ब नेपालमा देख्न सकिन्छ । अहिले कसैको सम्पति खाएको छ भने पनि मुद्धा लाग्दैन, हिजो लागेका अभियोग सच्याइन्छ र चुनावाका लागि त्यस्ता मान्छेलाई हिरो बनाइन्छ ।’

उस्तै, उनले निरङ्कुश पञ्चायत सरकारले सिन्धुपाल्चोकको पिस्करमा २०४० साल पुस ३० गते हत्या काण्ड गराएको घटना स्मरण गर्दै सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर लाग्नुपर्नेमा जोड दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit