Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चुनाव लड्न खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

चुनाव लड्न खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा
विज्ञापन
Advertisement

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री बनेका उनले फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव लड्नका लागि मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चुनाव लड्ने तयारीमा छन्।  ‘उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाउनुभएको छु,’ मन्त्री गुप्ताले भने, ‘आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।

गएको कात्तिक ९ गते स्वास्थ्य तथा जनसंख्यामन्त्रीसँगै खेलकुदमन्त्रीको शपथ लिएका गुप्ताले अन्तरिम सरकारमा गएको करिब तीन महिना पुग्नै लाग्दा उम्मेदवारी दर्ता हुनुअघि मन्त्री पद छोडेका हुन् ।

यसैबीच मन्त्री गुग्ता आज रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै जनकपुर पुगेका छन् । सोमबार बिहान बालेनसँगै सिरहा पुगेका गुप्ताले मधेस आन्दोलनका सहिदको सालिकमा माल्यार्पण पनि गरेका थिए । गुप्ताले सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेपनि रास्वपाले भने टिकट दिइसकेको छैन ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit