Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

भदौंयता पहिलोपटक शेयर बजार २७ सय विन्दुमा, साउन महिनायताकै उच्च कारोबार

भदौंयता पहिलोपटक शेयर बजार २७ सय विन्दुमा, साउन महिनायताकै उच्च कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । गत भदौं २३ र भदौं गते भएको जेनजी आन्दोलनपछि घटेको शेयर बजार चुनावको माहोला बनेसँगै २ हजार सात सय १४.८१ विन्दुमा आइपुगेको छ। मंगलबार देशभर चुनावीको माहोल बनेको छ । उम्मेदवारहरु मनोनयको तयारी रहेको अवस्थामा चुनावहुने सुनिश्चिता भएको छ । यसले लगानीकर्ताहरुको मनोबल बढाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

त्यसैगरी कारोबार रकम पनि त्यसदिन यताकै उच्च भएको छ। गत साउन १८ गते १२ अर्ब माथिको कारोबार यता ११ दोहारो अंकको कारोबार हुने सकेको थिएन । यो दिन ११ अर्ब ८५ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, राधि विद्युत कम्पनी,मन्जुश्री फाइनान्स,ग्रीनभेन्चर्स लिमिटेड र एसवाई प्यानेल लिमिटेडको २६ करोड ८७ लाख रुपैयाँदेखि ४० करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ।

यो दिन सर्वाधिक बढ्ने कम्पनीमा गोर्खाज फाइनान्स,आँखु खोला जलविद्युत कम्पनी,राप्ति हाइड्रो एण्ड कन्ट्रक्सन लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनीको शेयर मूल्य ७.३२ प्रतिशतले बढेको छ ।
बढेको बजारमा एसबिएल ऋणपत्र, प्राइम ऋणपत्र र सुपरमादी हाइड्रो पावर कम्पनी,साम्लिङ पावर कम्पनी र सिद्धार्थ इक्वुटी फण्डकोको २.५३ प्रतिशतदेखि ४.२३ प्रतिशतसम्मले घटेको छ।

मंगलबार कारोबारमा आएका १३ वटै समूहको सूचक हरियाली बनेको छ । यो दिन बैंकिङ समूह १.२४ प्रतिशत, विकास बैंक बैंक समूह १.४५ प्रतिशत त्यसैगरी होटल तथा पर्यटनन समूह ३.३६ प्रतिशतले बढ्दा अन्य समूहको सूचक २ प्रतिशत र १ एकप्रतिशतभन्दा बढीले बढेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit