Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बैंक तथा वित्तीय संस्थालक्षित उच्छृंखल गतिविधिप्रति राष्ट्र बैंकको ध्यानाकर्षण

बैंक तथा वित्तीय संस्थालक्षित उच्छृंखल गतिविधिप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
विज्ञापन
Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थालक्षित विभिन्न घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाको संयुक्त प्रयासका कारण सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार भएको राष्ट्र बैंकले स्पष्ट पारेको छ। यसले स्थानीयस्तरमै सर्वसाधारणलाई निक्षेप राख्न, कर्जा लिन, विप्रेषण, सामाजिक सुरक्षा भत्तालगायतका वित्तीय सेवा सहज रूपमा प्राप्त गर्न सहयोग पुगेको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा राष्ट्र बैंकका निर्देशनको अधीनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरिएका कर्जासम्बन्धी परियोजनाको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख दायित्व हो।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट संकलित निक्षेप कर्जा प्रवाह गर्ने भएकाले कर्जा समयमै फिर्ता नभएमा निक्षेप फिर्तामा समस्या आउन सक्ने र त्यसले तरलतामा असर पार्ने राष्ट्र बैंकले जनाएको छ। त्यसैले ऋणीले लिएको कर्जा नियमित रूपमा भुक्तानी गर्नुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ।

यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा कठिनाइ उत्पन्न भएमा त्यसलाई सम्बोधन गर्न राष्ट्र बैंकले समय–समयमा कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ।

बैंकिङ कारोबारसम्बन्धी कुनै गुनासो भएमा सम्बन्धित बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकाले ग्राहकले आफूलाई मर्का परेको महसुस गरेमा औपचारिक रूपमा गुनासो दर्ता गरी समाधान खोज्न सक्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीविरुद्ध हुने गैरव्यावसायिक, गैरजिम्मेवार तथा उच्छृंखल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधनको परिचालनमा कठिनाइ आई वित्तीय सेवा प्रभावित हुने चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न नहुन सबै सरोकारवालालाई आग्रह गरिएको छ।

साथै, बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने वा उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल उच्च राखी सुरक्षित वातावरणमा काम गर्न दिन सबै पक्षलाई सहयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit