काठमाडौं । तीव्र गतिमा उकालो लागेको सुनको मूल्यमा शुक्रबार ब्रेक लागेको छ । नेपाली बजारमा दिनहुँ उकालो लागेको सुनको मूल्य आज ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेर बुधबारको कारोबार मूल्यमै थामिएको हो।
आज सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो बुधबारको कारोबार मूल्य बराबर हो । उक्त दिन ३ लाख १८ हजार ८ सय रुपैयाँ निर्धारण भएको सुनको मोल बिहीबार एकैदिन २० हजार पाँच सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
पछिल्लो पाँच कारोबार दिनमै करिब ३८ हजार रुपैयाँले महँगिएको सुन छैटौँ दिनमा आएर रेकर्ड मूल्यबाट केही सस्तिएको छ । गत शुक्रबार माघ ९ गते सुनको मूल्य तीन लाख रुपैयाँ क्रस गरेको थियो । सो दिन प्रतितोला तीन लाख एक हजार ४ सय रुपैयाँ पुगेको सुन पछिल्लो पाँच दिनमा ३७ हजार ९०० रुपैयाँले महँगिएर बिहीबार उच्च विन्दुमा पुगेको थियो ।
यस्तै, बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको चाँदी पनि आज रेकर्ड मूल्यबाट तल झरेको छ। हिजो प्रतितोला सात हजार ५०५ रूपैयाँमा खरिदबिक्री भएको चाँदीको मोल आज सात हजार ६५ रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४४० रुपैयाँले कम हो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्