Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘नवलपरासीको समस्या र संभावना नजिकबाट बुझेको छु’

‘नवलपरासीको समस्या र संभावना नजिकबाट बुझेको छु’
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार विनोद चौधरीले कांग्रेसभित्र गुटको राजनीति अन्त्य भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बर्दघाट वडा नं. ७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाटमा उनले विगतमा पार्टीभित्रै रहेका गुटगत प्रवृत्तिका कारण तेस्रो पक्षले फाइदा लिने गरेको उल्लेख गर्दै अहिले त्यो अवस्थाको अन्त्य भएको दाबी गरे। चौधरीले कांग्रेस अहिले स्पष्ट विकास र समुन्नतिको एजेण्डा बोकेर अघि बढिरहेको र स्थायी सरकार, आर्थिक रूपान्तरण र रोजगारी सृजना नै वर्तमान कांग्रेसको प्राथमिकता भएको बताए।

उनले आफू निर्वाचनका लागि क्षेत्रमा नयाँ अनुहार नभएको भन्दै स्थानीय समस्या र आवश्यकतासँग पूर्ण रूपमा अवगत रहेको धारणा व्यक्त गरे । आफ्नो पाँच वर्षे सांसद कार्यकालमध्ये जम्मा ३० महिना मात्र काम गर्न पाएको उल्लेख गर्दै उनले निर्वाचन क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकोले त्यसलाई अब पूरा गर्ने बताए। ‘बाँकी काम पूरा गर्ने प्रतिबद्धता छ,’ उनले भने।

चौधरीका अनुसार उनको क्षेत्रको सबैभन्दा ठूलो समस्या नागरिकताको थियो, जसको समाधान उनले गरिसके । यस्तै, भूमि सम्बन्धी कामहरू पनि तीव्र गतिमा अगाडि बढिरहेको उनको भनाइ छ । यी उपलब्धिहरूले यस क्षेत्रमा विकासको जग बसेको र अब त्यसलाई थप गति दिने उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit