Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

मानुषी लघुवित्त जीवन विकास र युनिक नेपालसँग मर्जर हुँदै

मानुषी लघुवित्त जीवन विकास र युनिक नेपालसँग मर्जर हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

हालै बनेपामा सम्पन्न सभाले जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्ज हुने विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पनि सभाले अनुमोदन गरेको छ ।

सभाले दुई जना सञ्चालकको नियुक्तिलाई समेत अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा सञ्चालनमा रहेका छन् । संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ५३ लाख ४३ हजार ९ सय ५० रुपैयाँ रहेको जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit