Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

फेरि तीन लाख रुयैयाँ माथि उक्लियो सुन

फेरि तीन लाख रुयैयाँ माथि उक्लियो सुन
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेर पुःन तीन लाख रुपैयाँ नाघेको छ। शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्य उकालो लागेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको हो। यसअघि शुक्रबार (माघ २३) गते प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज साढे नौ हजार रुपैयाँले बढेको हो। बिहीबार भने सुन प्रतितोला चार हजार दुई सय रूपैयाँले घटेको थियो ।

यस्तै, शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार १० रूपैयाँ निर्धारण भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा चाँदी आज प्रतितोला ३०० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। शुक्रबार सुन चार हजार ८२८ डलर निर्धारण भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit