Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

फागुन १ गतेबाट लागुहुँदै ‘मार्जिन ल्यान्डिङ निर्देशिका २०८२’,ब्रोकर भन्छन्–दिर्घकालीन हितको लागि अत्यन्तै राम्रो

फागुन १ गतेबाट लागुहुँदै ‘मार्जिन ल्यान्डिङ निर्देशिका २०८२’,ब्रोकर भन्छन्–दिर्घकालीन हितको लागि अत्यन्तै राम्रो
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आगामी फागुन १ बाट ‘मार्जिन ल्याडिङ निर्देशिका २०८२’लाई कार्यान्वयनमा ल्याउने भएको छ । बोर्डको संचालक समितिबाट निर्देशिका स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याउने भएको हो।

विज्ञापन
Advertisement
Advertisement

निर्देशिका अनुसार मार्जिन ट्रेडिङ सेवा दिन इच्छुक ब्रोकर कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्नेछ। साथै, क्लियरिङ सदस्यता, डिपोजिटरी सदस्यता तथा स्टक एक्सचेन्जले तोकेका अन्य आवश्यक स्वीकृतिहरू पनि अनिवार्य गरिएको छ।

त्यस्तै ब्रोकरहरूले आफ्नै कोष, बैंकबाट लिएको ऋण वा सेयरधनी तथा सञ्चालकबाट लिइने असुरक्षित ऋणमार्फत मार्जिन ऋण उपलब्ध गराउन सक्नेछन्। तर कुल ऋण तथा असुरक्षित ऋण ब्रोकरको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ । साथै, एक ग्राहकको रकम वा धितोपत्र प्रयोग गरी अर्को ग्राहकको मार्जिन कारोबार गर्न नपाउने निर्देशिकामा उल्लेख छ ।
निर्देशिका अनुसार ब्रोकरहरूले प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन सुविधा विस्तार गर्न सक्नेछन्। एउटै ग्राहक तथा सम्बन्धित पक्षहरूले कुल मार्जिन सुविधाको अधिकतम १० प्रतिशत मात्रै उपयोग गर्न पाउनेछन्।

मार्जिन ट्रेडिङका लागि सीमित सूचीबद्ध कम्पनीहरू मात्र योग्य हुनेछन्। योग्य हुन कम्तीमा २५ लाख कित्ता सार्वजनिक सेयर (लक –इन बाहेक) सूचीकृत हुनुपर्ने, कम्पनीको नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी हुनुपर्ने निर्देशिकामा छ ।

त्यसैगरी, पछिल्ला तीन आर्थिक वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा गरेको हुनुपर्ने तथा आईपीओमार्फत सूचीकृत भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

मार्जिन ट्रेडिङअन्तर्गत खरिद गरिने सेयरको बजार मूल्यको न्यूनतम ३० प्रतिशत प्रारम्भिक मार्जिन अनिवार्य गरिएको छ । लगानीकर्ताले कम्तीमा २० प्रतिशत मर्मत (मेण्टेनेन्स) मार्जिन कायम गर्नुपर्नेछ। मूल्य उतारचढावका कारण आवश्यक मार्जिन कायम हुन नसकेमा ब्रोकरहरूले मार्जिन कल जारी गर्नुपर्नेछ ।

नेपाल ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष धर्मराज सापकोटाले लामो समयपछि मार्जिन ल्यान्डिङ कार्यान्वयनमा आउनु लगानीकर्ता र ब्रोकरका लागि सकारात्मक भएको बताए । उनले भने,‘ लामो समयपछिको प्रयासमा कार्यान्यनमा आउने भयो तर, यसका चुनौतिहरुलाई बोर्ड र राष्ट्र बैंकले कसरी समाधान गर्न सक्छ भन्ने कुराले अर्थ राख्छ ।’

उनका अनुसार पछिल्लो समय उधारोमा कारोबार हुने परम्परा निकै छ, यसले मार्जिन ल्यान्डिङ कारोबारलाई कार्यान्वयनमा ल्याउन सकस पर्ने देखिएको छ । उनले भने,‘ यो व्यक्तिगत सम्बन्धका कारणले उधारोको शेयर किनबेच लामो समय भइसक्यो, यसलाई भत्काएर अघि बढ्दा दिर्घकालीन बजारमा लागि यो निकै सकारात्मक छ ।’

त्यस्तै अर्को ब्रोकर दिनेश विडारीले पनि मार्जिन कारोबारले आगामी दिनमा ब्रोकरलाई मात्र नभई लगानीकर्ताहरुलाई पनि यसले शेयर किनबेचमा सहयोग पु¥याउन सक्ने बताए । उनले भने,‘ थोरै पुँजी भएका लगानीकर्ताले पनि सहज ढंङगले शेयर किन्न सक्छन्।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit