Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको। मङ्गबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० रुपैयाँले घट्दा चाँदी पनि पाँच रुपैयाँले सस्तिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ४०० रुपैयाँ तोकिएको छ। साथै, त्यति नै परिमाणको चाँदीको मोल चार हजार ८८० रुपैयाँ निर्धारण भएको छ ।

हिजो मङ्गलबार एक तोला सुन तीन लाख एक हजार ९०० तथा एक तोला चाँदी चार हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० कायम हुँदा चाँदी प्रतितोला चार हजार ८६० रुपैयाँ पुगेको थियो।साताको पहिलो दिन आइताबार बजार खुल्दा सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९२० डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit