Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

मेची भन्सारद्वारा नौ अर्ब ९२ करोड राजस्व असुली, पूरा भएन लक्ष्य

मेची भन्सारद्वारा नौ अर्ब ९२ करोड राजस्व असुली, पूरा भएन लक्ष्य
विज्ञापन
Advertisement

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

तर, कार्यालयले चालु आवमा राखेको राजस्वको लक्ष्य भने पूरा भएको छैन् । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सात महिना अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।

चालु आवमा कार्यालयले कूल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit