Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

‘वल्र्ड एआई एलायन्स’का संस्थापक अध्यक्षमा उज्ज्वल राय र महासचिवमा सुयोग पराजुली नियुक्त

‘वल्र्ड एआई एलायन्स’का संस्थापक अध्यक्षमा उज्ज्वल राय र महासचिवमा सुयोग पराजुली नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकाको न्युयोर्क सहरमा वल्र्ड एआई एलायन्सको आधिकारिक घोषणा गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्सको ७०औँ वार्षिकोत्सवको अवसरमा प्रविधि जगतमा एउटा ऐतिहासिक फड्को मार्दै १८ फेब्रुअरीमा स्थापना भएको यस संस्थाको नेतृत्व नेपाली मूलका प्रविधि दूरदर्शी उज्ज्वल रायले गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपालका प्रविधि उद्यमी एवं सरकारी सल्लाहकार उज्ज्वल राय वल्र्ड एआई एलायन्सको संस्थापक अध्यक्ष नियुक्त भएका हुन्।क्यान महासंघका वरिष्ठ उपाध्यक्ष एवं प्रविधि उद्यमी चिरञ्जीवी अधिकारीले यस उपलब्धिलाई नेपाली सूचना प्रविधि क्षेत्रको एउटा ठुलो कोशेढुङ्गाका रूपमा व्याख्या गरेका छन् । नेपालका आइसिटी संस्थाहरूको छाता संगठनका नेताका रूपमा अधिकारीले रायको यो सफलताले नेपाली जनशक्तिको क्षमता विश्वस्तरको रहेको प्रमाणित गरेको बताए ।

संस्थापक अध्यक्ष रायको योगदान नेपालको डिजिटल रूपान्तरणमा अतुलनीय रहेको छ। उनले नेपालको पहिलो राष्ट्रिय एआई नीति तर्जुमा गर्न मुख्य सल्लाहकारको भूमिका निभाएका थिए । नेपालको ३० वर्षे आइटी रोडम्याप निर्माणमा उनले प्रमुख रणनीतिकारको रूपमा काम गरिसकेका छन् ।वल्र्ड एआई एलायन्सले मुख्य रुपमा एआईको नैतिक र उत्तरदायी प्रयोगमा जोड दिन्छ । नैतिक सुशासन, शिक्षा र प्रतिभा खोजी गर्ने, खुला एआई पूर्वाधार बनाउने र विभिन्न देश र क्षेत्रहरूबीच समावेशी एआई विकासका लागि विश्वव्यापी सहकार्य गर्ने संस्थाका चार मुख्य स्तम्भहरू हुन् ।

नेतृत्व टोलीमा रायसँगै महासचिवको रूपमा युवा नेपाली साइबर सुरक्षा विज्ञ सुयोग पराजुली रहेका छन् । संस्थापक अध्यक्ष रायका अनुसार, ‘वल्र्ड एआई एलायन्स केवल एउटा संस्था मात्र नभई एउटा अभियान हो, जसले एआईलाई मानवहित र पारदर्शिताका लागि प्रयोग गर्ने सुनिश्चित गर्नेछ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit