images images images
images images images
images
images
images

स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमको बैठक आज काठमाडौंमा सम्पन्न भएको छ ।

बैठकले नेपालमा स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहकार्यलाई तीव्र बनाउनु पर्नेमा जोड दिएको छ ।

images
images

बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति तथा वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ हुन नसक्ने बताउँदै निजी क्षेत्र–सरकार सहकार्य बढाउनुपर्नेमा जोड दिए।

उनले स्टार्टअपहरूलाई बजार पहुँच, मेन्टरसिप र नियामकीय स्पष्टता उपलब्ध गराउन महासंघ सक्रिय रहने जानकारी दिए । साथै उनले नवप्रवर्तनशील उद्यमका लागि तालिम, प्राविधिक सहयोग र इन्क्युबेशन सेवाहरूलाई अझ प्रभावकारी बनाइदै लैजानु पर्नेमा जोड दिए ।

उपाध्यक्ष हेमराज ढकालले स्टार्टअप तथा इनोभेशन उद्यमलाई प्रोत्साहन गर्न कर तथा लगानी सम्बन्धी नीतिगत सहजीकरण आवश्यक रहेको उल्लेख गरे। उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला तथा युवा उद्यमशीलतालाई स्टार्टअप नीतिको केन्द्रमा राख्नुपर्ने बताउँदै समावेशी उद्यम वातावरण निर्माणका लागि क्षमता अभिवृद्धि र नेटवर्किङ कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखे ।

कोषाध्यक्ष भरतराज आचार्यले महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमलाई कमिटीमा रुपान्तरण गर्नु पर्नेमा जोड दिंदै यसको विसको लागि संस्थागत मापदण्ड विकास आवश्यक रहेको बताए ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले स्टार्टअप तथा इनोभेसनका क्षेत्रमा नीतिगत सुधारहरु भएको उल्लेख गर्दै उद्यम विकासका सरकारी कार्यक्रमहरु निजी क्षेत्रको सहकार्यमा अगाडि बढाइने बताए ।

फोरमका सभापति जुना माथेमाले फोरमका गतिविधि, साझेदारी विस्तार, स्टार्टअप शोकेस तथा नीतिगत संवाद कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा उद्यमी–लगानीकर्ता प्लेटफर्म सुदृढ गर्दै जानु पर्नेमा जोड दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्