Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

नवलपरासी रास्वपामा असन्तुष्टि बढ्दै : जिल्ला अध्यक्ष महेन्द्र सेन ठकुरीका आफ्नै दाजुले पनि छाडे रास्वपा

नवलपरासी रास्वपामा असन्तुष्टि बढ्दै : जिल्ला अध्यक्ष महेन्द्र सेन ठकुरीका आफ्नै दाजुले पनि छाडे रास्वपा
विज्ञापन
Advertisement

 काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नवलपरासीमा तीव्र असन्तुष्टि बढ्दै गएको छ । रास्वपाले नवलपरासी क्षेत्र नम्बर १ मा विक्रम खनाललाई उम्मेदवार बनाएसँगै असन्तुष्टि बढेको छ । क्षेत्र नम्बर १ बाट रास्वपाका जिल्ला सभापति महेन्द्रसेन ठकुरीका आफ्नै भाइले पनि रास्वपा पार्टीबाट राजिनामा दिएको बताएका छन ।

विज्ञापन
Advertisement
Advertisement

उनले भिडियो सन्देश मार्फत कांग्रेसबाट टिकट नपाएपछि मनोनयनको एक दिनअघि पुगेर खनालले रास्वपाको टिकटबाट उम्मेदवारी दर्ता गराएसँगै रास्वपामा असन्तुष्टि थियो । फागुन २१ को निर्वाचनमा मेहन्द्र सेनले उम्मेदवारी पाउने अपेक्षा थियो तर नेपाली कांग्रेसबाट अनुशासन उल्लघन गरेका कारण पार्टीको सदस्य समेत नरहने गरि पार्टीले कावार्ही गरेका खनाललाई रास्वपाले उम्मेदवार बनाए पछि रास्वपा कै संस्थापन पक्ष असन्तुष्ट रहदै आएका छन ।

गुप्त सेन ठकुरी(मनोज)ले जारी गरेको विज्ञप्तिमा उने सुस्ता गाउँपालिका रास्वापा उपसभापति रहेकोमा पार्टीबाट राजीनामा दिएको उल्लेख गरेका छन उनले पत्र मार्फत मात्र नभई भिडियोद्धारा नै स्थापनाकालदेखि संगठनमा लागेका नेतालाई टिकट नदिएर कांग्रेसका नेतालाई दिनुले पार्टीका नेता–कार्यकर्ताले अपमानित महसुस गरेको भन्दै पार्टी छाड्ने निर्णय गरेको बताए ।

पार्टीबाट जिल्ला अध्यक्षकै दाजुले पार्टी छाड्नुले बिक्रम खानालकै कारण राजनीनामालाई अर्थ पूर्ण ढंगले हेरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit