Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो– भ्रम फैलने फोटो/ भिडियो पोस्ट नगर्नू

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो– भ्रम फैलने फोटो/ भिडियो पोस्ट नगर्नू
विज्ञापन
Advertisement

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित परिस्थितिबारे त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

दूतावासले आज ‘एड्भाइजरी–२’ जारी गर्दै त्यहाँ विकसित परिस्थितिका सन्दर्भमा अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको हो।

नेपालीहरूलाई स्थानीय कानुनको पूर्ण पालना गर्न र अफवाह फैलाउने कार्यबाट टाढा रहन दूतावासले आग्रह गरेको हो। ‘यहाँको सुरक्षा स्थितिको बारे भ्रम फैलिने किसिमले तस्बिररभिडियो खिची पोस्ट नगर्न यूएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरिएको छ,’ दूतावासले जारी गरेको ‘एड्भाइजरी’मा भनिएको छ । यूएईका सम्बन्धित निकायले यस्ता गतिविधि कानुनअनुसार दण्डनीय हुने चेतावनी जारी गरिसकेको उल्लेख छ । दूतावासले भनेको छ,‘यस्ता कार्य कानुनबमोजिम दण्डनीय हुने चेतावनी यूएईका अधिकारिक निकायबाट जारी भएको छ ।’

पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य प्राविधिक माध्यममार्फत अपुष्ट सामग्री सेयर गर्दा सुरक्षा अवस्थाबारे अन्योल र भ्रम सिर्जना हुन सक्ने भएकाले यस्तो कार्य नगर्न सबैलाई सचेत गराइएको दूतावासले जनाएको छ । यस्तै, विकसित परिस्थितिबारे सही र आधिकारिक जानकारीका लागि यूएई सरकारका आधिकारिक निकायका वेबसाइट तथा सूचनालाई मात्र आधार मान्न आग्रह समेत गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit