Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

कपनमा ‘करेन्ट मार्ट’को दोस्रो आउटलेट सञ्चालन, उद्घाटनमा सबै उत्पादनमा १० प्रतिशत छुट

कपनमा ‘करेन्ट मार्ट’को दोस्रो आउटलेट सञ्चालन, उद्घाटनमा सबै उत्पादनमा १० प्रतिशत छुट
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो पहिचान बनाएको यशोदा फुड्स प्रा.लिले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’को काठमाडौं उपत्यकाभित्र दोस्रो शाखा सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले फागुन २६ गते काठमाडौंको कपनस्थित रिलायन्स कलेज नजिक नयाँ आउटलेटको औपचारिक उद्घाटन गरेको हो। यसअघि बानेश्वरको कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको सफलतापछि ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै कपनमा दोस्रो शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ।

नयाँ शाखाको उद्घाटनको अवसरमा ‘करेन्ट मार्ट’मा उपलब्ध सम्पूर्ण उत्पादनको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

कपनस्थित ‘करेन्ट मार्ट’को उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। उद्घाटन कार्यक्रममा कम्पनीका प्रतिनिधि, ग्राहक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नवनिर्मित आउटलेटमा उपभोक्ताले यशोदा फुड्सद्वारा उत्पादित विभिन्न उत्पादनहरू एकै स्थानमा प्राप्त गर्न सक्नेछन्। यहाँ करेन्ट ब्रान्डका लोकप्रिय चाउचाउ, विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध छन्। त्यस्तै, चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा जिरा पाउडर, धनिया पाउडर र रातो खुर्सानी पाउडर लगायतका मसला पनि बिक्रीका लागि राखिएको छ।

उद्घाटन समारोहमा बोल्दै ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर शाहले बानेश्वर शाखामा उपभोक्ताले देखाएको विश्वास र माया नै नयाँ शाखा विस्तारको मुख्य प्रेरणा भएको बताए। उनले कपन र आसपासका उपभोक्ताले अब आफ्नै क्षेत्रमा ताजा र गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने उल्लेख गर्दै उद्घाटनको अवसरमा प्रदान गरिएको छुटको लाभ लिन आग्रह गरे।

सन् २०१७ मा स्थापना भएको यशोदा फुड्स नेपालका अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले ‘करेन्ट’ ब्रान्डअन्तर्गत विभिन्न स्वादका पिरो तथा स्वादिष्ट चाउचाउ उत्पादन गर्दै आएको छ, जुन विशेषगरी युवापुस्तामाझ लोकप्रिय छन्। कम्पनीले आफ्ना उत्पादनहरू नेपालभर वितरण गर्नुका साथै विश्वका २२ भन्दा बढी देशमा निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउँदै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit