Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

रामेछापमा सञ्चालनमा ल्याइयो आर्थिक गणना कार्यालय

रामेछापमा सञ्चालनमा ल्याइयो आर्थिक गणना कार्यालय
विज्ञापन
Advertisement

रामेछाप । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणना २०८२ को लागि रामेछापमा आर्थिक गणना कार्यालय स्थापना गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कार्यालयको शुभारम्भ गरेका हुन्। कार्यालय उद्घाटन गर्दै थापाले हरेक तथ्याङ्क राष्ट्रको नीति र विकास योजना बनाउने पहिलो आधार भएकोले आर्थिक गणनलाई तथ्यपरक बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए । यसलाई सफल बनाउन सबै सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने उनले प्रष्ट पारे ।

जिल्लाको आर्थिक गतिविधिको तथ्याङ्क सङ्कलनको लागि कार्यालय स्थापना गरिएको जिल्ला आर्थिक गणना कार्यालय रामेछापकी प्रमुख रोजी शाक्यले जानकारी दिइन् । आर्थिक क्षेत्रलाई विभिन्न १८ वटा क्लष्टरमा विभाजन गरी गणना गरिने उनले बताइन् । चार महिनासम्म चल्ने सो गणनाका लागि जिल्लाभर २० गना गणक र ३ जना सुपरभाइजरहरू खटिने छन् । उनीहरूले गाउँ गाउँमा पुगेर तथ्याङ्क सङ्कलन गरी अनलाइन इन्ट्रि गर्ने उनले जानकारी दिइन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit