Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

मानवअधिकार संरक्षणमा कठिनाइ भएको छ : आयोग अध्यक्ष मगर

मानवअधिकार संरक्षणमा कठिनाइ भएको छ : आयोग अध्यक्ष मगर
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवअधिकारको संरक्षणमा समस्या भएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको ‘मानवअधिकार शोध–सम्वाहक’ पूर्वीय चिन्तन र मानवअधिकार विशेषाङ्कको समीक्षा गर्दै अध्यक्ष मगरले यद्यपि समाजमा कुसंस्कार कायम रहेकाले मानवअधिकार संरक्षणमा कठिनाइ भएको बताएका हुन् ।

‘अझै पनि समाजमा कुसंस्कार छ, जनप्रतिनिधिले नै घरभित्र बसेर खान नपाएको अवस्थाका घटनाहरु आइरहेका छन्’, आयोगका अध्यक्ष मगरले भने, ‘यस्ता कुसंस्कारलाई समाजबाट हटाउनुपर्छ ।’ उनले समाजमा विद्यमान जातीय विभेद धेरै हटेर गइरहेको सुनाउँदै भने, ‘अहिले धोती फेरर खाना खाने, सुनपानी छर्किने कुरा पनि छाडिसक्यौँ, समाज परिर्वतन हुँदै गएको छ ।’

राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलले मानव अधिकारको क्षेत्रमा काम गर्न खोज्ने, अनुसन्धानकर्ता, भावी दिनमा पनि कानुनको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि पुस्तकले सहयोग गर्ने बताए ।पूर्वीय चिन्तन र मानव अधिकार विशेषाङ्कमा ११ वटा लेख रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit