Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दीपक भट्टलाई उधारोमा शेयर कारोबार गराउने भृकुटी स्टक ब्रोकर निलम्बनमा

दीपक भट्टलाई उधारोमा शेयर कारोबार गराउने भृकुटी स्टक ब्रोकर निलम्बनमा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर वित्तीय अनियमितता र नियम उल्लंघन गरेको पाइएपछि भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ।  सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) ले ऐनविपरीत कार्य गरेको ठहर गर्दै कम्पनीलाई ३ महिनाका लागि निलम्बन गर्ने र आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

अनुसन्धानका क्रममा भृकुटी स्टकले विवादित व्यवसायी दीपक भट्टलाई नेपाल पुनर्बिमा कम्पनीको ठूलो संख्यामा शेयर खरिद गर्दा भुक्तानी नै नलिई उनको खातामा शेयर हस्तान्तरण गरिदिएको भेटिएको स्रोतको भनाइ छ। कारोबार गर्दा अनिवार्य रूपमा राख्नुपर्ने २५ प्रतिशत ‘कोल्याटरल’ समेत लोड नगरी भट्टलाई उधारोमा शेयर कारोबार गराइएको पाएपछि बोर्डले कम्पनीलाई कारबाही गरेको हो ।

यति मात्र नभई भृकुटी स्टक ब्रोकरले विभिन्न संस्थागत लगानीकर्ताहरूको शेयर बिक्रीबापतको ठूलो रकम समेत रोकेर राखेको खुल्न आएको छ । हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लार्ज क्याप फन्ड, र नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी लगायतले गरेको शेयर बिक्रीको भुक्तानी लामो समयदेखि नदिएको बोर्डको छानबिनमा देखिएको छ।

निलम्बनसँगै कम्पनीले अर्को आदेश नभएसम्म शेयर कारोबार गर्न नपाउने भएको छ। बोर्डको यो निर्णयसँगै भृकुटी स्टक ब्रोकरबाट शेयर कारोबार गर्ने ग्राहकहरू भने प्रत्यक्ष प्रभावित हुने देखिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit