Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

७१ औं वर्षमा केन्द्रीय बैंक, आर्थिक स्थायित्व र वित्तीय प्रणाली सुदृढ बनाउने गभर्नरको संकल्प

७१ औं वर्षमा केन्द्रीय बैंक, आर्थिक स्थायित्व र वित्तीय प्रणाली सुदृढ बनाउने गभर्नरको संकल्प
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंक सोमबारदेखि आफ्नो स्थापनाको ७० वर्ष पुरा गरी ७१ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले समष्टिगत आर्थिक हित, वित्तीय प्रणालीको सुदृढीकरण र सर्वसाधारणको विश्वसनीयता कायम राख्ने आफ्नो संकल्पलाई पुनः दोहोर्‍याएको छ।

विज्ञापन
Advertisement
Advertisement

एक सन्देश जारी गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको दिगो विकासका लागि केन्द्रीय बैंक सदैव प्रतिबद्ध रहने उल्लेख छ । समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास गर्ने, सुरक्षित र सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आधुनिक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गर्ने, वित्तीय पहुँच विस्तार तथा नीतिगत सुधारको प्रतिबद्धता समेत बैंकले जनाएको छ । सन्देशमा भनिएको छ,‘ बैंकको ७१ औं वार्षिकोत्सवको सुखद अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं।’

नेपाल राष्ट्र बैंकको स्थापना वि.सं. २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा नेपाल राष्ट्र बैंक ऐन २०१२ अन्तर्गत भएको थियो । बैंकको प्रथम गभर्नर हिमालय शमसेर राणा थिए । हाल नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम सञ्चालित बैंकले अर्थतन्त्रको दिगो विकासका लागि मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने, समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने, आवश्यक नीतिगत व्यवस्था गर्ने, सुरक्षित र स्वस्थ भुक्तानी प्रणालीको विकास गर्नेलगायतका विविध कार्य गर्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit