Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

९ महिनामा विकास बैंकहरूको नाफा ४९ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

९ महिनामा विकास बैंकहरूको नाफा ४९ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा
विज्ञापन
Advertisement

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा उल्लेख्य रूपमा बढेको छ। समग्रमा विकास बैंकहरूले ५ अर्ब ५० करोड ३५ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९।०३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकहरूको कुल नाफा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ मात्र रहेको थियो।

विज्ञापन
Advertisement
Advertisement

यस अवधिमा नाफा आर्जनका आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा उक्लिएको छ। बैंकले १ अर्ब ४ करोड ८२ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ४२।९१ प्रतिशतले बढी हो।

दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ। यस बैंकले ९४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन ३०।०४ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ५३।३८ प्रतिशतले बढेर ७८ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने ज्योति विकास बैंकले सबैभन्दा उच्च वृद्धि दरमध्ये एक देखाउँदै १०५ प्रतिशतले नाफा बढाएर ६२ करोड ९४ लाख रुपैयाँ पुर्‍याएको छ।
कामना सेवा विकास बैंकले १९।३७ प्रतिशतले नाफा वृद्धि गर्दै ५८ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ।

यसैगरी, लुम्बिनी विकास बैंकले असाधारण वृद्धि गर्दै १०२८।३ प्रतिशतले नाफा बढाएर ५६ करोड १६ लाख रुपैयाँ पुर्‍याएको छ। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ११।५९ प्रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकले ५।३६ प्रतिशत वृद्धि गर्दै ४५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit