Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विदेशी काठलाई सजिलै एलसी, स्वदेशीलाई फाइल रोकिने यो सरकारको नीति के हो ?

विदेशी काठलाई सजिलै एलसी, स्वदेशीलाई फाइल रोकिने यो सरकारको नीति के हो ?
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले नयाँ संसद् भवनमा प्रयोग गरिएका कुर्सीहरू कुन देशको काठबाट बनेका हुन् भन्दै सरकारलाई प्रश्न गरेकी छिन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले नेपालमा काठको पर्याप्त सम्भावना र प्राकृतिक स्रोत हुँदाहुँदै पनि वार्षिक अर्बौँ रुपैयाँको काठ तथा काठजन्य सामग्री आयात भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराइन ।

विदेशी काठलाई सजिलै एलसी, स्वदेशीलाई फाइल रोकिने

यसैगरी, सांसद डाँगीले स्वदेशी उत्पादन र आत्मनिर्भरता बढाउन राज्यको नीति स्पष्ट नभएको बताइन् । उनले नेपालकै जंगल र वन पैदावारको सही सदुपयोग हुन नसक्दा देश काठजन्य सामग्री आयातमा परनिर्भर बन्दै गएको उल्लेख गरिन्।

यस्तै, उनले सरकारसँग नयाँ संसद भवनमा प्रयोग गरिएको कुर्सीको आयात विवरण समेत माग गरिन् । ‘हामी दुई–तीन दिनभित्रै नयाँ संसद् भवनमा सर्दै छौँ। उक्त भवनमा सभामुख र हामी सांसदहरू बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ? नेपालको आफ्नै काठको सदुपयोग हुन नसक्दा वार्षिक अर्बौँ रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको छ। आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ, तर विदेशी काठ भित्र्याउन भने सजिलै एलसी खुल्छ। यो कस्तो खालको नीति हो ?’ उनले प्रश्न गरिन् ।

आत्मनिर्भरताको सुरुवात संसद्बाटै हुनुपर्ने माग
आफूले वन फँडानी गर्नुपर्छ नभनेको प्रष्ट पार्दै उनले उपलब्ध प्राकृतिक स्रोतको सही व्यवस्थापन र सदुपयोग हुनुपर्नेमा जोड दिइन्। काठजन्य सामग्रीमा वैदेशिक परनिर्भरता अन्त्य गर्नुपर्ने र त्यसको सुरुवात देशको सर्वोच्च नीति निर्माण तह संसद् भवनबाटै हुनुपर्ने उनको भनाइ छ । ‘मैले सबै वन फँडानी गर्नुपर्छ भनेको होइन, तर हामीसँग भएको प्राकृतिक स्रोतको सही सदुपयोग गर्नुपपर्छ’, उनले भनिन्‘ यो परनिर्भरता बन्द गर्नैपर्छ र यसको सुरुवात यही संसद् भवनबाटै हुनुपर्छ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit