Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

सुन तोलाको तीन लाख मुनि, आज कारोबार मूल्य कति?

सुन तोलाको तीन लाख मुनि, आज कारोबार मूल्य कति?
विज्ञापन
Advertisement

काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ।

विज्ञापन
Advertisement
Advertisement

गत शुक्रबारदेखि ओरालो लाग्न सुरु गरेको सुनको मूल्य साताको पहिलो कारोबार दिन (आइतबार) ८२ सय रुपैयाँले घटेको थियो भने आज पुनः नौ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । गत शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। आइतबार चाँदी तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत शुक्रबार चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा खरिदबिक्री भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit