Advertisement
Advertisement
Corporate Samachar
१३ श्रावण २०८३, बुधबार
Advertisement
Advertisement

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत
विज्ञापन
Advertisement

काठमाडौं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३\०८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट स्वीकृत गरेको हो।

स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ रहेको छ भने आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरिएको छ।

बैठकले गत आर्थिक वर्ष २०८२ \०८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत रहेको र चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट ३५ करोड रुपैयाँ प्राप्त हुने अनुमानका आधारमा कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ उपलब्ध हुनेमध्ये चालु आवका लागि ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार आन्तरिक स्रोतबाट विनियोजित रकममध्ये चालु खर्चतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ८ करोड ६२ लाख रुपैयाँ छुट्याइएको छ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा। डा। देवेन्द्रबहादुर खत्री तथा सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit