Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

बैंकिङ प्रणालिमा रहेको तरलता प्रशोचन गर्न केन्द्रीय बैंकले आज ६० अर्ब निक्षेप झिक्दै

बैंकिङ प्रणालिमा रहेको तरलता प्रशोचन गर्न केन्द्रीय बैंकले आज ६० अर्ब निक्षेप झिक्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १९ दिनको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ। बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ ।

सूचनाअनुसार निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।

बोलकबोलमा न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँका दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ। निक्षेप सङ्कलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit