Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

सुकुम्बासी व्यवस्थापनबारे सरकारको तयारी, मन्त्रीहरूद्वारा स्थलगत अवलोकन

सुकुम्बासी व्यवस्थापनबारे सरकारको तयारी, मन्त्रीहरूद्वारा स्थलगत अवलोकन
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गर्दै सुकुम्बासीको तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

गृहमन्त्री गुरुङसँगै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरेका हुन्।

अवलोकनका क्रममा मन्त्रीहरूले त्यहाँ रहेका सुकुम्बासीसँग छलफल गर्दै उनीहरूको अवस्था, आवश्यकता तथा व्यवस्थापनका विषयमा जानकारी लिएका थिए। गृहमन्त्रीको सचिवालयका अनुसार सरकारको तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनासम्बन्धी तयारीबारे पनि सुकुम्बासीलाई जानकारी गराइएको छ।

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिने र भविष्यमा कसैले प्रश्न उठाउन नसक्ने गरी सरकार काम गरिरहेको बताइन्। सुकुम्बासी समस्या समाधानका लागि केही समय लाग्ने भए पनि सरकारले दीगो समाधानको दिशामा काम गरिरहेको उनको भनाइ थियो।

उनले सुकुम्बासीका नाममा राजनीतिक गतिविधि नगर्न समेत आग्रह गर्दै वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार गम्भीर रहेको बताइन्।

यसअघि कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो। हाल त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासीको व्यवस्थापन र पुनःस्थापनाका विषयमा सरकारले विभिन्न विकल्पमा काम गरिरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit