Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

महिलाको चरित्र हत्या गरेको आरोपमा भारतीयसहित दुई पक्राउ

महिलाको चरित्र हत्या गरेको आरोपमा भारतीयसहित दुई पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

पक्राउ पर्नेमा भारतको आसाम राज्य, गुहाटी मदनपुरका २६ वर्षीय जावरुल हक र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका २४ वर्षीय सरोज कार्की छन् ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार जावरुल हकले पीडित महिलाको अश्लील भिडियो र तस्बिर दुरुपयोग गर्दै अनुचित लाभ लिन बारम्बार दबाब दिएका थिए। उद्देश्य पूरा नभएपछि उनले ती सामग्री टिकटकमा सार्वजनिक गरी महिलाको चरित्रहत्या गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यस्तै, सरोज कार्कीले अध्ययनका क्रममा चिनजान भएकी प्रेमिकासँग सम्बन्ध विच्छेद भएपछि पीडितकै फेसबुक खाताबाट अश्लील सामग्री पोस्ट गरी चरित्रहत्या गर्ने, दुःख–हैरानी दिने र मानसिक तनाव सिर्जना गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit