Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

रौतहटमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा एक युवक गम्भीर घाइते

रौतहटमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा एक युवक गम्भीर घाइते
विज्ञापन
Advertisement

रौतहट । रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गरुडा नगरपालिका वडा नम्बर ९ गमरिया टोल बस्ने २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

देबेन्द्र सहनीका छोरा गौतमले घरायसी वा अन्य केही कारणले सो कदम चालेको हुनसक्ने प्रहरीको अनुमान छ । आगोबाट निजको घाँटीमुनिको भाग करिब ३१.५ प्रतिशत जलेको रौतहट प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बसन्त गौतमले बताए । उनका अनुसार घटनालगत्तै उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि काठमाडौँ रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

उनको अवस्था मध्यम रहेको र उपचारमा उनका बुवा संलग्न रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा घाइते युवकले मानसिक रोगको औषधि सेवन गरिरहेको र घटनाको समयमा मादक पदार्थ सेवन (मा.प.से.) गरेको उनका पारिवारिक सदस्यहरूले बताएका छन् । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit