Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

१४ लाखबाट सुरु गरेको चिया उद्योग आठ करोडको, ‘स्पेशल टी’ प्रतिकिलो एक लाखसम्ममा बिक्री

१४ लाखबाट सुरु गरेको चिया उद्योग आठ करोडको, ‘स्पेशल टी’ प्रतिकिलो एक लाखसम्ममा बिक्री
विज्ञापन
Advertisement

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ। दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो।

विज्ञापन
Advertisement
Advertisement

उद्योग सञ्चालक गृष्म सुब्बाले उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनीका बजारमा बिक्री हुने गरेको जानकारी दिए। इलाम नगरपालिका–४ जस्बिरे गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने हरियोपत्ती र उद्योगकोे ६० रोपनी तथा भाडामा लिएको ४०० रोपनी जमिनमा उत्पादन हुने हरियोपत्ती प्रशोधन भइरहेको उनले बताए।

‘वार्षिक ३० हजार केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन भइरहेको थियो । यस वर्षदेखि उत्पादन क्षमता बढाएर एक लाख केजी पु¥याउने तयारी छ’, सञ्चालक सुब्बाले भने, ‘दुई वर्षअघि भएको आगलागीमा आठ करोड रुपैयाँ बराबरको क्षति बेहोरेर फेरि शून्यबाट यात्रा सुरु गरेका हौँ ।’

एक दशकअघि १४ लाखको लगानीबाट सुरु गरिएको जस्बिरे चिया प्रशोधन उद्योग अहिले आठ करोडको लगानीमा विस्तार भएको छ। उद्योगको सबैभन्दा ठूलो विशेषता ‘स्पेशल टी’ हो। वार्षिक सात हजार केजी उत्पादन हुने यो चियामध्ये करिब दुई हजार केजी सुइरोबाट मात्र तयार गरिन्छ। उद्योगले प्रतिकेजी १५ हजारमा बिक्री गर्ने यही चिया विदेशी बजारमा एक लाखसम्ममा पुग्ने उद्योगका अर्का सञ्चालक सरद सुब्बा बताउँछन् । ‘नेपालसँगै अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क र जर्मनीसम्म जस्बिरे चियाले बजार बनाएको छ,’ शरदले भने, ‘विदेशमा पुगेपछि हामीले १५ हजार रुपैयाँ प्रतिकेजी बेचेको चिया एक लाखसम्ममा बिक्री भएको छ।’

उद्योगको सफलतामा सुब्बा परिवारका सबै सदस्यको भूमिका छ । ‘नेपाल टी च्यालेन्ज–२०२४’ का ‘बेस्ट टी मेकर’ शरद् सुब्बाले चियाको गुणस्तर सम्हालिरहेका छन् । अन्य सदस्यले बजार व्यवस्थापन, प्राविधिक पक्ष र अन्तरराष्ट्रिय प्रवद्र्धनमा जिम्मेवारी बाँडेका छन्। विसं २०४२ मा स्वर्गीय भैरव रिसालले सुरु गराएको चियाखेती विस्तारको अभियान आज फैलिरहेको हो । रिसालले यहाँ आउँदा आलुखेती मात्र होइन चिया रोप्न पनि सिकाएको उनी बताउँछन् । त्यतिखेर चियाखेतीबारे ज्ञानआर्जन गरेका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरूले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन ।

तर, अहिले उनका छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको हो। सूर्यका चार भाइ छोरा छन्। त्यसमध्येका जेठो र माइलो शरद् र गृष्मले १० वर्षअघि जम्मा १४ लाख लगानीमा उद्योग सुरू गरेका थिए। गृष्मले उद्योगको बजार व्यवस्थापन गर्दै आएका छन् । शरद् नेपालकै ‘बेस्ट टी मेकर’ हुन्। उनले चिया बनाउन थालेको २० वर्ष भइसकेको छ। उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरदले नै बनाउँदै आएको बताउँछन् । साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो। कान्छा छोरा विकल्प अस्ट्रेलियामा मार्केटिङ लिएर अध्ययनरत छन्।

यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ। एक वर्षमा ‘स्पेशल टी’ मात्र सात हजार केजी उत्पादन हुन्छ।रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit