Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

गैरकानुनी व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी

गैरकानुनी व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं। बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका वस्तुको बिक्री वितरण बढेको गुनासो आएपछि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै गैरकानुनी व्यापारिक गतिविधिमा संलग्न व्यवसायीलाई कानुनी दायरामा ल्याउने जनाएको हो।

विभागका अनुसार भौतिक बजारसँगै डिजिटल (अनलाइन) माध्यमबाट समेत दैनिक उपभोग्य खाद्य सामग्री, पेय पदार्थ, लत्ताकपडा लगायतका वस्तुहरू अवैध रूपमा बिक्री भइरहेको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अनुसार उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा पाउने अधिकार सुनिश्चित गरिएको स्मरण गराउँदै कानूनविपरीत हुने मिसावट, चोरी पैठारी, कम गुणस्तरका वस्तुको बिक्री तथा लेबलविहीन सामानको कारोबार दण्डनीय रहेको जनाएको छ।

मन्त्रालयको बजार स्वच्छता कायम गर्ने नीतिअनुसार उत्पादन, पैठारी, ढुवानी, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले तोकेका मापदण्ड, दायित्व र सर्त पालना गर्न विभागले निर्देशन दिएको छ।

यस्तै, विभागले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने समेत उल्लेख गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit