Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

गरिमा विकास बैंकको १२७औं शाखा बालुवाटारमा सञ्चालन

गरिमा विकास बैंकको १२७औं शाखा बालुवाटारमा सञ्चालन
विज्ञापन
Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले स्थापनाको १९औं वर्ष प्रवेशको अवसर पारेर बुधबार (कात्तिक १८) काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका हुन् ।

नयाँ सञ्चालनमा आएको बालुवाटार शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले आम नागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि, वित्तीय समावेशीकरणलाई सुदृढ तथा ग्राहकलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्जाल विस्तार गर्दै आएको छ ।

बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिको वृद्धिमा मात्र सीमित नराखी स्थानीय आर्थिक गतिविधिको प्रवद्र्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तारको माध्यमका रूपमा लिएको जनाएको छ । बालुवाटारमा नयाँ शाखा सञ्चालनसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकलाई आवश्यक वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।

२०६४ कात्तिक १८ गतेदेखि कारोबार सुरु गरेको गरिमा विकास बैंकले हाल देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाका रूपमा इजाजत प्राप्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit