Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
विज्ञापन
Advertisement

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

जापानको स्थायी आवासीय अनुमति (पीआर) सम्बन्धी विवाद र स्वार्थको द्वन्द्वको प्रश्न उठेपछि उनले राजदूत नियुक्तिको प्रक्रिया अघि नबढाउने निर्णय गरेका हुन् । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले आफ्नो नाम फिर्ता लिनेबारे समितिलाई बुझाएको निवेदन सोमबार पढेर सुनाएका हुन् । श्रेष्ठका अनुसार कानुनी रूपमा समस्या थिएन। तर स्वार्थको द्वन्द्वको कुरा उठेकाले र यो देशको विषयसमेत भएकाले उनले नाम फिर्ता लिएका हुन् ।

गत असोज २८ गते प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भएको थियो । त्यसक्रममा नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम मात्र समितिले अनुमोदन गरेको थियो । साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने अस्वीकृत भएको थियो । जापानका लागि प्रस्तावित थापाको हकमा भने जापानको पीआर रहेको विषय उठेपछि थप अध्ययन गर्ने भन्दै सुनुवाइ प्रक्रिया स्थगित गरिएको थियो ।

सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर सांसदहरूले संविधानको धारा २९१ मा रहेको विदेशको स्थायी आवासीय अनुमतिसम्बन्धी व्यवस्थाका साथै पीआर त्यागेको अवधि र त्यसको कानुनी प्रभावबारे प्रश्न उठाएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit