Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

धितोपत्रको दोस्रो बजार सुधार कार्यान्वयन गर्न सेबोनद्वारा समिति गठन, मार्जिन लेन्डिङबाट सुधारको सुरुवात

धितोपत्रको दोस्रो बजार सुधार कार्यान्वयन गर्न सेबोनद्वारा समिति गठन, मार्जिन लेन्डिङबाट सुधारको सुरुवात
विज्ञापन
Advertisement

काठमाडौं। धितोपत्र बजारमा नयाँ सेवा विस्तार तथा दोस्रो बजारलाई थप व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यले धितोपत्र बोर्ड (सेबोन) ले दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण समिति गठन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सरकारको आर्थिक वर्ष २०८३\८४ को बजेट तथा बोर्डको पूँजी बजार नीति २०८३\८४ मा समावेश सुधारका कार्यक्रम कार्यान्वयन गर्ने क्रममा बोर्डको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिमा बोर्डका तीन प्रतिनिधिका साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र स्टक ब्रोकर एसोसिएसन अफ नेपाल बाट एक–एक जना प्रतिनिधि सदस्य रहेका छन्।

समितिले मार्जिन लेन्डिङ इन्ट्राडे कारोबार धितोपत्र सापटी तथा उधारो र शर्ट सेलिङ कार्यान्वयनका लागि आवश्यक कानुनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत व्यवस्थाबारे सुझाव दिनेछ। साथै, यी सेवाहरू चरणबद्ध रूपमा लागू गर्न आवश्यक तयारी गर्ने, सम्बन्धित निकायबीच समन्वय गर्ने तथा आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था लगायत अन्य सरोकारवालासँग सहकार्य गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

बोर्डले दोस्रो बजार सुधार योजनाअन्तर्गत सेवा विस्तारलाई चार चरणमा अघि बढाउने नीति लिएको छ। पहिलो चरणमा मार्जिन लेन्डिङ, दोस्रो चरणमा इन्ट्राडे कारोबार, तेस्रो चरणमा धितोपत्र सापटी तथा उधारो, र चौथो चरणमा आवरणयुक्त शर्ट सेलिङ लागू गर्ने लक्ष्य रहेको छ।

यसैअनुसार समितिले आफ्नो कार्य प्रारम्भ गर्दै मार्जिन लेन्डिङ सम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल सुरु गरिसकेको बोर्डले जनाएको छ।

पूँजी बजारका सहभागीहरूले लामो समयदेखि माग गर्दै आएका यी सुधारहरू कार्यान्वयनमा आएपछि बजारको तरलता वृद्धि, कारोबारको दायरा विस्तार, जोखिम व्यवस्थापनमा सुधार तथा लगानीकर्तालाई थप आधुनिक सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit