Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

एमजी S6 चढ्ने भइन् अभिनेत्री वर्षा सिवाकोटी

एमजी S6 चढ्ने भइन् अभिनेत्री वर्षा सिवाकोटी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजी एस–६ को बुकिङ गरेकी छन्।

विज्ञापन
Advertisement
Advertisement

भृकुटीमण्डपस्थित पारामाउण्ट मोटर्सअन्तर्गतको एमजीको स्टलमा पुगेर सवारीसाधनको अवलोकन गरेपछि सिवाकोटीले एमजी एस–६ बुकिङ गरेको कम्पनीले जनाएको छ। आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम विद्युतीय मोबिलिटीबाट प्रभावित हुँदै सिवाकोटीले उक्त मोडल रोजेकी हुन्। बुकिङको अवसरमा एमजी एसएमआईएलका अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन प्रतिनिधि मुहम्मद फहाद दराईले उनलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए।

यसैबीच, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजीले एमजी यू९ ईभी र एमजी एचएस एचईभीरपीएचईभी गरी दुई नयाँ मोडलसमेत सार्वजनिक गरेको छ। नयाँ मोडल सार्वजनिक भएसँगै प्रदर्शनीमा एमजीका सवारीसाधनप्रति आगन्तुकहरूको आकर्षण थप बढेको कम्पनीले जनाएको छ।

श्रावण २६ देखि ३१ गतेसम्म सञ्चालन हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ मोडलहरूको अवलोकन तथा विशेष अफरहरूको लाभ लिन चाहने ग्राहकलाई स्टलमा भ्रमण गर्न कम्पनीले आग्रह समेत गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit