काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ को प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुवास लामिछानेसहित पदाधिकारी तथा प्रतिनिधिसँग भेट गरेको छ।
जापान भ्रमणमा रहेका महासंघ अध्यक्ष किसान सुनारको उपस्थितिमा भएको भेटघाटमा नेपाल–जापान सम्बन्ध, नेपाली व्यवसायी तथा समुदायसँगको सहकार्य, व्यापार प्रवर्द्धन र आभूषण क्षेत्रको अन्तर्राष्ट्रिय विस्तारबारे छलफल भएको थियो।
भेटमा नेपालमा हालै आएको बाढी तथा पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा सहयोगका लागि समन्वय आवश्यक रहेकोमा समेत जोड दिइएको महासंघले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्