Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउन प्राधिकरणसँग बीमक संघको छलफल

बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउन प्राधिकरणसँग बीमक संघको छलफल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजनविक्रम थापासँग बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउने सन्दर्भमा छलफल गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

संघका अध्यक्षसहित विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार र सुदृढीकरणका विषयमा थापासँग छलफल गरेका हुन् । भेटका क्रममा संघका प्रतिनिधिहरूले बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउँदै बीमितको हित संरक्षण तथा बीमा सेवाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएको संघले जनाएको छ।

त्यस अवसरमा नेपालको बीमा क्षेत्रले सामना गरिरहेका अवसर तथा चुनौती, बीमाको पहुँच अभिवृद्धि, सेवा प्रवाहमा सुधार र नियामकीय व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो । संघले बीमा क्षेत्रको दिगो विकासका लागि नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूबीच आपसी समन्वय, सहकार्य र सहकार्यात्मक सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

बीमा क्षेत्रको विकास र विस्तारका लागि नियामक निकाय तथा बीमा कम्पनीहरूबीच रचनात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संघले आगामी दिनमा पनि प्राधिकरणसँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यसैगरी, संघले नवनियुक्त अध्यक्ष थापाको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै उनको सफल कार्यकालको कामना गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit