काठमाडौं। नेपाल–चीन सीमाक्षेत्रमा पहिरोका कारण बनेको ‘बाध ताल’ करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ।
सीजीटीएनका अनुसार एन्नेङ ग्रुपले शनिबार सम्म गरेको अनुगमनमा उक्त तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको पाइएको हो। यो क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर हुन्छ।
पहिरोका कारण नदीको बहाव थुनिएर बनेको उक्त ताल ठूलो क्षेत्रफलमा फैलिएको भए पनि हाल नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको अनुगमन तथ्यांकलाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ।

तस्बिर :सीजीटीएन
यसैबीच, उक्त क्षेत्रभन्दा करिब ५ किलोमिटर माथिल्लो भागमा अर्को ठूलो बाध तालसमेत पहिचान भएको सीजीटीएनले उल्लेख गरेको छ। भदौ १० गते आएको विनासकारी बाढीका कारण आइतबार बिहान नौ बजेसम्म ७७३ जनाको मृत्यु पुष्टि भैसकेको छ भने दुई हजार ४९८ जना सम्पर्कविहीन भएका छन् ।















प्रतिक्रिया दिनुहोस्