काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर दिने भएको छ।
राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभए सम्मका लागि टेलिकमले सेवा जारी राख्ने जनाएको हो । यसअघि टेलिकमले आजसम्मका लागि (भाद्र १४) निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध गराएकोमा समय थप गरेको हो ।
बाढी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई कम्पनीले उपलब्ध गराएको निःशुल्क सेवा आवश्यकता अनुसार उपभोग गर्न समेत कम्पनीले आग्रह गरेको छ।
बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको अवस्थामा पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भार गर्न कम्पनीको प्राविधिक टोली निरन्तर परिचालित भइरहेको सञ्चार मन्त्रालयले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्