Advertisement
Advertisement
Corporate Samachar
२३ भाद्र २०८३, मंगलवार
Advertisement

जेनजी शहीदहरूको सम्झनामा देशभर स्मृति दिवस मनाइँदै, नौ मन्त्री एउटै मञ्चमा (तस्बिरहरु)

जेनजी शहीदहरूको सम्झनामा देशभर स्मृति दिवस मनाइँदै, नौ मन्त्री एउटै मञ्चमा (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाइँदै छ। यसै क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा सरकारका विभिन्न मन्त्री, सांसद तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको छ। स्मृति दिवस कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कृषिमन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गनेस) तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावललगायत सहभागी छन्। उक्त स्मृति दिवसमा प्रधानमन्त्री तथा अर्थमन्त्री भने सहभागी छैनन् ।

कार्यक्रममा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको योगदानको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिँएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit