Advertisement
Advertisement
Corporate Samachar
२६ भाद्र २०८३, शुक्रबार
Advertisement

नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना

नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना
विज्ञापन
Advertisement

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्वपूर्ण कार्ययोजना अघिसार्दै छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

छैटौं साधारणसभा नर्भिकले व्यवसाय विस्तारका सम्बन्धमा मत्वपूर्ण योजनाहरु अघि सारेको हो ।हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहले आर्थिक वर्ष २०८३-०८४ को कार्ययोजना प्रस्तुत गर्दै नर्भिकको व्यवसाय विस्तारका महत्वपूर्ण योजनाहरु प्रस्तुत गर्नुभयो ।

कार्ययोजनाअनुसार नर्भिकले अस्पतालको निर्माणाधीन भवनको निर्माण कार्यलाई आगामी आर्थिक वर्षभित्रमा सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

यस्तै नर्भिक फार्मेसिया प्रा।लि। हाल काठमाडौं उपत्यकाभित्र १५ शाखा सञ्चालनमा रहेकोमा चालु आर्थिक वर्षमा काठमाण्डौं उपत्यका भित्र १८, उपत्यका बाहिर १५ शाखा विस्तार तथा फ्रान्चाइज मोडलमा ६ गरी जम्मा ५४ शाखा विस्तार गर्ने लक्ष्य रहेको छ । आगामी २ वर्षभित्र १०० वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

स्वास्थ्य सेवाको पहुँचलाई काठमाडौँ उपत्यकाका अन्य क्षेत्रहरूमा समेत विस्तार गर्ने उद्देश्यले नर्भिक सिटी हस्पिटलको परियोजना पनि ल्याइएको छ । नर्भिक सिटी हस्पिटल लिमिटेडको परियोजनालाई आगामी आर्थिक वर्षको महत्वपूर्ण योजनाका रुपमा अघि बढाएको छ ।

उक्त सिटी अस्पताल ५० शय्याको हुनेछ । सिटी हस्पिटलमा ओपिडि, आकस्मिक सेवा, क्रिटिकल केयर, आइपिडी अप्रेसन थिएटर लगायतका सेवा सञ्चालन गर्ने योजना रहेको छ । सिटी अस्पतालमा प्याथोलोजी, युएसजी, इको, इन्डोस्कोपिक, ल्याप्रोस्कोपी सर्जरी, एक्सरे लगायतका डाइग्नोस्टिक तथा उपचार सेवाहरु उपलब्ध गराउने योजना रहेको छ ।

यस्तै नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापना गरि अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्य लिइएको छ । संस्थान स्थापनाका लागि कम्पनी स्थापना गरिएको जनाइएको छ । चालु आर्थिक बर्षमा यसको योजनालाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडी बढाउन नेतृत्व सल्लाहकारका रुपमा संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्त कुमार चौधरी रहनुभएको छ । उक्त परियोजनाको अनुमानित कुल लागत करिब  ३०० करोड रहने छ भने दीर्घकालीन रूपमा उच्चस्तरीय क्यान्सर उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्य रहेको छ ।

यस्तै स्वास्थ्य सेवाको पहुँचलाई सेवाग्राहिको घर–घर सम्म पु¥याउने उद्देश्यले नर्भिक एट होम स्थापना तथा संचालनको योजनालाई आगामी आर्थिक वर्षको महत्वपूर्ण योजनाका रूपमा अघि बढाइएको छ । उक्त सेवा प्रथम चरणमा होम हेल्थ केयर र जेरियाट्रिक सर्भिसबाट सुरु गरिनेछ ।

नर्भिकको सेवाप्रवाहलाई थप प्रभावकारी, एकीकृत तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको सुदृढीकरणलाई विशेष प्राथमिकता दिइएको छ । अस्पतालको मुख्य प्राथमिकता गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, सेवा क्षमता वृद्धि, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग तथा संस्थागत विस्तारमा केन्द्रि रहने जनाइएको छ ।

नर्भिकले आफ्नो व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई समेत निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ । आगामी दिनमा पनि निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्यशिविर, जनचेतनामूलक कार्यक्रम तथा विपन्नवर्गका लागि आवश्यक स्वास्थ्यसेवाका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

मुनाफाबाट लाभांश वापत २० प्रतिशत बोनस शेयर वितरण गर्ने

साधारणसभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट लाभांश वापत २० प्रतिशत बोनस शेयर वितरण गर्ने विषेश प्रस्ताव पारित गरेको छ । २० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुजीँको २० प्रतिशत बराबरको शेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि शेयर निस्काष्न गर्ने तथा उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्ताहरुलाई वितरण गरिने विवरण पत्र स्वीकृति गर्ने लगायत काम कारबाहीको अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।

सधारणसभालाई सम्बोधन गर्दै नर्भिकका संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्त कुमार चौधरीले देशमा घटिरहेका विषम् परिश्थितिका बाबजुत पनि संस्थाले आर्थिक सूचांक दिन सफल भएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा नर्भिकले लगानी बढाउदै लैजाने जानकारी दिनुभयो ।

यस्तै संचालक मेधा चौधरीले नर्भिकलाई केवल एउटा अस्पतालका रूपमा मात्र नभई आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित तथा दिगो स्वास्थ्य संस्था र स्वास्थ्यसेवाको विश्वसनीय केन्द्रका रूपमा विकास गर्ने बताइन् ।

हस्पिटलका सिइओ अजय कुमार मिश्रले नर्भिकले संचालन गर्ने नर्भिक सिटी हस्पिटलको सेवा नर्भिकभन्दा सुलभ र स्थानीय सर्वसाधारणलाई उपभोगयोग्य बनाइने जानकारी दिनुभयो । उहाँले रसुवा बाढीको कोषमा नर्भिक हस्पिटलको तर्फबाट एक करोड रुपैयाँ सहयोग गरिएको पनि जानकारी दिनुभयो ।

हस्पिटलको वार्षिक प्रतिवेदन अनुसार नर्भिकले २०८२-०८३ मा ओपिडि तर्फ एकलाख ७९ हजार, आइपिडि तर्फ ९ हजार र आकस्मिक तर्फ ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । यस्तै ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, युके, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनियाका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको छ ।

आर्थिक वर्ष २०८२-०८३ मा अस्पतालको कुल आम्दानी फार्मेसी बाहेक २ अर्ब ८३ करोड, कुल खर्च २ अर्ब ३६ करोड तथा खुद नाफा ४७ करोड भन्दा माथि रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै फार्मेसी सहित कुल आम्दानी  ३ अर्ब ४७ करोड, कुल खर्च २ अर्ब ९९ करोड तथा खुद नाफा  ४७ करोड ८५ लाख भन्दा माथि रहेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit