Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

कांग्रेसको १५औं महाधिवेशनमा पेशागत विज्ञतर्फ केन्द्रीय सदस्यमा भरत राज ढकालको उम्मेदवारी

कांग्रेसको १५औं महाधिवेशनमा पेशागत विज्ञतर्फ केन्द्रीय सदस्यमा भरत राज ढकालको उम्मेदवारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भरत राज ढकालले पेशागत विज्ञतर्फबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। वित्तीय तथा कृषि क्षेत्रमा हासिल गरेको आफ्नो व्यावसायिक अनुभवलाई पार्टीको नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यसहित उनले उम्मेदवारी अघि सारेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

ढकालले अर्थतन्त्र, कृषि, उत्पादन, उद्यमशीलता तथा रोजगारीका क्षेत्रमा जनमुखी र परिणाममुखी नीति निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। व्यावसायिक क्षेत्रमा हासिल गरेको अनुभव र विज्ञतालाई राजनीतिक तथा नीतिगत क्षेत्रमा उपयोग गर्दै मुलुकको आर्थिक विकासलाई थप प्रभावकारी बनाउने उनको प्राथमिकता रहेको जनाइएको छ।

कांग्रेसको १५औं महाधिवेशनलाई पार्टीको आगामी राजनीतिक, आर्थिक तथा संगठनात्मक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिँदै ढकालले नीति निर्माणमा पेशागत क्षेत्रको विज्ञता र अनुभवलाई प्रभावकारी रूपमा जोड्नुपर्नेमा जोड दिएका छन्।

उनको उम्मेदवारीसँगै वित्तीय तथा कृषि क्षेत्रको व्यावसायिक अनुभवलाई कांग्रेसको नीति निर्माणमा समेट्ने प्रयासका रूपमा समेत यसलाई हेरिएको छ।

ढकालले अर्थतन्त्रलाई उत्पादनसँग जोड्ने, कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने, उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना गर्ने र निजी तथा उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत पहलमा आफूले भूमिका निर्वाह गर्ने बताएका छन्।

उनले पार्टीभित्र पेशागत विज्ञता, अध्ययन र अनुभवका आधारमा नीति निर्माण गर्ने संस्कारलाई थप बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक नेतृत्वसँगै वित्तीय, कृषि, उद्यम तथा उत्पादन क्षेत्रका विज्ञहरूको अनुभवलाई नीति निर्माणमा समेट्नुपर्ने उनको धारणा छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit