Advertisement
Advertisement
Corporate Samachar
११ कार्तिक २०८३, मंगलवार
Advertisement
Advertisement

नेपाल टेलिकमले ल्यायो एनपीएल प्याकेज,५९९ रुपैयाँमै दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले ल्यायो एनपीएल प्याकेज,५९९ रुपैयाँमै दैनिक ८ जीबी डेटा
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

क्रिकेटप्रेमी तथा मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यस प्याकेजमा दैनिक ८ जीबी डेटा र अन्य नेटवर्कमा समेत कल गर्न सकिने सुविधा समेटिएको छ। नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा ३० दिनसम्म मान्य हुने यो प्याकेज खरिद गर्न सक्नेछन्।

प्याकेजअन्तर्गत प्रयोगकर्ताले ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न पाउनेछन् भने प्रत्येक दिन ८ जीबी डेटा उपलब्ध हुने उल्लेख छ। कम्पनीका अनुसार उक्त प्याकेज मंगलबारदेखि आगामी मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। पोस्टपेड प्रयोगकर्ताले भने प्याकेजबापतको शुल्क आफ्नो मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था गरिएको छ।

कसरी लिने एनपीएल अनलिमिटेड प्याकेज ?

नेपाल टेलिकमको यो प्याकेज खरिद गर्न मोबाइलबाट *1415*9# डायल गर्न सकिन्छ। त्यसैगरी, नेपाल टेलिकमको आधिकारिक मोबाइल एपमार्फत पनि प्याकेज लिन सकिने कम्पनीले जनाएको छ।नेपाल टेलिकम नेपाल प्रिमियर लिग सिजन–३ को आधिकारिक टेलिकम पार्टनरसमेत हो।
क्रिकेटको रोमाञ्चसँगै मोबाइल डेटा र कल सुविधाको उपयोग गर्न चाहने ग्राहकका लागि लक्षित यस प्याकेजले एनपीएल अवधिमा मोबाइल सेवाको पहुँच र प्रयोगलाई थप सहज बनाउने अपेक्षा टेलिकमको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit