काठमाडाैं । साताको बिहीबार शेयर बजार उच्च अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ३१.५४ अंकले बढेर दुई हजार ६९५.६० विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३५० कम्पनीले २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर किनबेच गर्दा ८ अर्ब ५७ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा बेनी हाइड्रो पावर, प्रोजेक्ट, सोपान फर्मास्याटिकल्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल फाइनान्स र एनआईसी एशिया बैंकको ४.६९ प्रतिशतदेखि १५ प्रतिशतसम्मले बढेको छ ।
त्यस्तै, बढेको बजारमा एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, चिरख्वा हाइड्रोपावर, सनराईज ब्लुपिचको शेयर मूल्य २.७९ प्रतिशतदेखि ३.६५ प्रतिशतसम्मले घटेको छ । यो दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमा घलेम्दी हाइड्रो, सिद्धार्थ बैंक, लक्ष्मी सनराईनज बैंक, कुमारी बैंक लिमिटेडको शेयर मूल्य २३ करोड ५९ लाख रुपैयाँदेखि ३५ करोड ६१ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन कारोबारमा आएका १३ वटा उपसमूहको सूचकमध्ये सबै उपसूचकमा हरियाली छाएको छ ।















प्रतिक्रिया दिनुहोस्