Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

चेरी क्यूको डेलिभरी काठमाडौंसहित पाँच सहरमा सुरु

चेरी क्यूको डेलिभरी काठमाडौंसहित पाँच सहरमा सुरु
विज्ञापन
Advertisement

काठमाडौं। नेपालमा चेरी सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ विद्युतीय एसयूभी चेरी क्यूको डेलिभरी काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा सुरु गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार काठमाडौंसँगै चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा चेरी क्यूको डेलिभरी औपचारिक रूपमा सुरु गरिएको हो। प्रमुख सहरमा डेलिभरी सुरु भएसँगै ग्राहकले उक्त विद्युतीय एसयूभी सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।

आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी तयार पारिएको चेरी क्यूमा ४१।२ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ। कम्पनीले यस गाडीले एकपटकको पूर्ण चार्जमा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने जनाएको छ। यसमा ५४० डिग्री दृश्य प्रणालीको क्यामेरा, १८५ मिलिमिटरको भुइँदेखि गाडीको तल्लो भागसम्मको उचाइ, विद्युतीय रूपमा खोल्न तथा बन्द गर्न मिल्ने ७० लिटर क्षमताको अगाडिको सामान राख्ने ठाउँ र १५.६ इन्चको स्पर्श पर्दासहितको सूचना तथा मनोरञ्जन प्रणाली उपलब्ध छन्।

त्यस्तै, गाडीमा चालकलाई सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सहयोग गर्ने २० भन्दा बढी उन्नत चालक सहायता प्रणालीका सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। यी सुविधाले गाडीको आधुनिक प्रविधि, सहज प्रयोग र सुरक्षालाई प्राथमिकता दिएको कम्पनीको दाबी छ। डिजाइनका हिसाबले पनि चेरी क्यूले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गरेको छ। यस गाडीले सन् २०२५ को रेड डट डिजाइन पुरस्कार र सन् २०२६ को आईएफ डिजाइन पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ। आकर्षक बनावट र आधुनिक सुविधाका कारण यो गाडीले सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ।

कम्पनीका अनुसार, काठमाडौंसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा डेलिभरी सुरु हुनुले नेपाली बजारमा चेरीको उपस्थिति विस्तार गर्ने कम्पनीको लक्ष्यलाई प्रतिबिम्बित गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit