काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३२ दशमलव ६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि अघिल्लो साताको तुलनामा केही घटेको छ ।
यो दिन सर्वाधिक घट्ने कम्पनीमा सानिमा लार्ज क्याप फण्ड, झापा इनर्जी लिमिटेड,साङ्ग्रिला डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स कम्पनी,माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर ३.५६ प्रतिशत देखि ४.८६ प्रतिशतसम्मले घटेको छ ।
बेनी हाइड्रो पावर प्राजेक्ट लिमिटेड,मकर जितुमाया सुरी हाइड्रोपावर,मन्दाकिनी हाइड्रोपावर, एनआईसी एशिया बैंक, बुटवल पावर कम्पनीको शेयर मूल्य २.४८ प्रतिशतदेखि १३.५८ प्रतिशतले बढेको छ ।
घलेम्दी हाइड्रोपावर,ग्लोबल आइएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक, मकर जितुमायमा सुरी हाइड्रोपावर कम्पनीको २० करोड १९ लाख रुपैयाँदेखि ३७ करोड ६३ लाख रुपैयाँदेखिसम्मको कारोबार भएको छ ।
यो दिन कारोबारमा आएका १३ वटा उपसमूहको समूहको सूचकमध्ये सबै सूचकमा गिरावट आएको छ ।















प्रतिक्रिया दिनुहोस्