काठमाडाैं। साताको बुधबार आइपुग्दा शेयर बजारको उत्तार चढाब जारी छ । अघिल्लो दिन ६ अंकले बढेको बजारमा यो दिन १.४१ अंकले बढेर दुई हजार ६६५.५३ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक सामान्य पनि कारोबार उल्लेख रुपमा बढ्न सकेको छैन ।
यो दिन ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक बढ्ने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कमपनी, हिमालयन रिइन्स्योरेन्स, स्वेतगंगा हाइड्रो पावर एण्ड कन्ट्रक्सन, घोराही सिमेन्ट इन्ड्रटि र नेपाल पब्लिक मिडियाको ४.९७ प्रतिशतदेखि १५ प्रतिशतसम्मले बढेको छ ।
यो दिन सर्वाधिक कारोबार स्वेत गंंगा हाइड्रो एण्ड कन्ट्रक्सन, घोराही सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, एनआइसी एशिया बैंकको ३२ करोड ८३ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।
सामान्य बढेको बजारमा सिभिल बैंक डिबेन्चर, शिखर पावर डेभलपमेन्ट,सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रो पावर, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३.२० प्रतिशतदेखि ६.३४ प्रतिशतसम्मले घटेको छ।
यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये जीवन बीमा उपसमूह, म्यूचुअल फण्ड, अन्य समूहको सूचक र टे«डिङ समूहको सूचक बढ्दा अरु सबै उपसमूहको सूचक घट्न पुगेको छ ।















प्रतिक्रिया दिनुहोस्