Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

नेप्सेमा झिनो वृद्धि, १३८ कम्पनीको शेयर मूल्य बढ्दा कारोबार रकम घटेर ३.८७ अर्बमा सीमित

नेप्सेमा झिनो वृद्धि, १३८ कम्पनीको शेयर मूल्य बढ्दा कारोबार रकम घटेर ३.८७ अर्बमा सीमित
विज्ञापन
Advertisement

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार बिहीबार भने ३.६२ अंकले बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यो सँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ६२८ अंकमा पुगेको छ। बजार परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १५ करोड रुपैयाँको शेयर किनबेच भएकोमा बिहीबार कारोबार रकम घटेर ३ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ। यसले बजारमा खरिदबिक्रीको गतिविधि अघिल्लो दिनको तुलनामा केही सुस्त भएको देखाउँछ।

यस दिन कारोबारमा आएका कम्पनीमध्ये १३८ वटाको शेयर मूल्य बढेको छ भने १३२ वटाको मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । मूल्य बढ्ने कम्पनीको संख्या घट्ने कम्पनीको भन्दा केही बढी रहे पनि समग्र बजारमा उल्लेख्य उछाल देखिएन। समूहगत परिसूचकतर्फ होटल तथा पर्यटन समूह सबैभन्दा अगाडि देखिएको छ। उक्त समूह १.२९ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन समूह ०.६७ प्रतिशत, बैंकिङ ०.५४ प्रतिशत, फाइनान्स ०.३५ प्रतिशत र व्यापार समूह ०.२३ प्रतिशतले उकालो लागेका छन्।

यसको विपरीत विकास बैंक समूह ०.०४ प्रतिशत, जलविद्युत् ०.०५ प्रतिशत, लगानी ०.३८ प्रतिशत, जीवन बीमा ०.२२ प्रतिशत, माइक्रोफाइनान्स ०.१५ प्रतिशत, निर्जीवन बीमा ०.३० प्रतिशत र अन्य समूह ०.५३ प्रतिशतले घटेका छन्। कम्पनीगत मूल्य वृद्धितर्फ बोटलर्स नेपाल बालाजु सबैभन्दा अगाडि रह्यो। कम्पनीको शेयर मूल्य ६ प्रतिशतले बढेको छ। त्यस्तै, बोटलर्स नेपाल तराई ५.६३ प्रतिशत, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स ४.८१ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर ४.४६ प्रतिशत र बेस्ट फाइनान्स ३.४४ प्रतिशतले बढेका छन् ।

यता, एभरेस्ट कलरको मूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ५.४३ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनी ४.३२ प्रतिशत, नेपाल वेयरहाउजिङ कम्पनी ३.६३ प्रतिशत र बेनी हाइड्रोपावर ३.५५ प्रतिशतले ओरालो लागेका छन् ।कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ। त्यसपछि क्रमशः पिपुल्स हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सोल्टी होटल, साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माइ हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र शिवम् सिमेन्ट अगाडि रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit