Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

तिहारपछि करिब २७ हजार रुपैयाँ सस्तिएको सुन प्रतितोला २ लाख ५७ हजारमा झर्‍यो

तिहारपछि करिब २७ हजार रुपैयाँ सस्तिएको सुन प्रतितोला २ लाख ५७ हजारमा झर्‍यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार नै सुनको मूल्य ६ हजार ३०० रुपैयाँले घटेको थियो । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तिहारपछि निरन्तर ओरालो लागेको सुनको मूल्यमा बुधबार ठूलो गिरावट आएको थियो भने बिहीबार पनि सोही क्रमले निरन्तरता पाएको हो।यससँगै पछिल्ला तीन दिनमा सुनको मूल्य प्रतितोला ९ हजार ६०० रुपैयाँले घटिसकेको छ। तिहारअघि अर्थात् कात्तिक २३ गते सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता बिहीबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २६ हजार ७०० रुपैयाँले सस्तिएको छ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने चाँदीको मूल्य प्रतितोला ३ हजार ४९० रुपैयाँ रहेको थियो । यसअनुसार मंगलबारदेखि बिहीबारसम्म चाँदी प्रतितोला १५५ रुपैयाँले सस्तिएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा गिरावट देखिएको छ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार सात सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit