Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

नेप्से ७.३८ अंकले घट्यो, कारोबार रकममा भने वृद्धि

नेप्से ७.३८ अंकले घट्यो, कारोबार रकममा भने वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर २ हजार ६२१ अंकमा कायम भएको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३.६२ अंकले बढेर बन्द भएको थियो।

विज्ञापन
Advertisement
Advertisement

नेप्से घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ। बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस दिन ३५२ कम्पनीका १ करोड ६ लाख २ हजार कित्ता शेयर ३९ हजार ९६६ पटकको कारोबारबाट खरिदबिक्री भएका छन्।

शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये ८९ वटाको शेयर मूल्य बढेको छ भने १८१ वटाको घटेको छ। त्यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्ड समूहको परिसूचक सामान्य बढेको छ भने बाँकी ११ समूह घटेका छन्। होटल तथा पर्यटन समूह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ। जीवन बीमा समूह ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८१ प्रतिशत र अन्य समूह ०.७८ प्रतिशतले घटेका छन्।

यस दिन दोल्ती पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ५.४१ प्रतिशतले बढेको छ। भूगोल इनर्जीको ४ प्रतिशतभन्दा बढी र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३ प्रतिशतले मूल्य बढेको छ। यता, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको शेयर मूल्य सर्वाधिक ६.५५ प्रतिशतले घटेको छ। स्वस्तिक लघुवित्तको ५.०५ प्रतिशत र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१ प्रतिशतले मूल्य घटेको छ। कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २० करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि लक्ष्मी सनराइज बैंक र रिलायन्स स्पिनिङ मिल्स अगाडि रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit